images images images
images images images
images
images
images

एआई प्लसको दुई मोडेलका स्मार्टफोन नेपाली बजारमा, कति पर्छ मूल्य ?

images

काठमाडौं । नेपाली बजारमा एआई प्लस स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले नेपालमा यो ब्रान्ड विस्तार गरेको हो ।

एआई प्लसले नेपाली बजारका लागि सिजीलाई आफ्नो आधिकारिक वितरक नियुक्त गरेको छ । नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका साथ यो सहकार्य सम्भव भएको बताइएको छ । एआई प्लसका संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो । त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन् ।”

images
images

त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशीले यो पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड भएको बताए । उनले भने, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्‍याउनु हो । बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो ।”

चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्स, कन्ज्युमर इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गतको मोबाइल व्यवसायिक इकाइ हो । यसले नेपाली बजारमा विश्वभरका लोकप्रिय मोबाइल ब्रान्डहरूको आयात तथा बिक्री–वितरण गर्दै आएको छ । अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोन बिक्री गर्दा बिक्रीपश्चातको उत्कृष्ट सेवा र प्रतिस्पर्धी मूल्यमा जोड दिँदै आएको सिजी मोबाइल्सका कारण, यस समूहअन्तर्गतका स्मार्टफोनहरू नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएका छन् । अब सोही शृङ्खलामा एआई प्लस पनि नवीनतम स्मार्टफोन ब्रान्डको रूपमा नेपाली बजारमा प्रवेश गरेको कम्पनीको भनाइ छ ।

एआई प्लसले पहिलो चरणमा नेपाली बजारमा दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ । जसमा एआई प्लस पल्स र एआई प्लस नोभा, यी मोडेलहरूमा ४ जिवी, ६ जिवी, र ८ जिवी र्याम भएका विकल्पहरू उपलब्ध छन् । एआई प्लसले नेपालमा हालकै अवस्थामा सबैभन्दा किफायती फाईभ जी स्मार्टफोनका रूपमा एआई प्लस नोभा फाईभ जी ल्याएको जनाएको छ। जसको मूल्य १३,९९९ रुपैयाँ निर्धारण गरिएको छ । साथै, ४ जिवी र्याम र ६४ जिवी स्टोरेज भेरियन्टको एआई प्लस नोभा स्मार्टफोन ९,००० रुपैयाँ भन्दा कम मूल्यमा पाइने छ ।

हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्