Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

तनहुँ जलविद्युत् आयोजनामा स्थानीयलाई कसरी स्वामित्व दिलाउने भनेर छलफलमा छौं : उर्जा मन्त्री घिसिङ

तनहुँ जलविद्युत् आयोजनामा स्थानीयलाई कसरी स्वामित्व दिलाउने भनेर छलफलमा छौं : उर्जा मन्त्री घिसिङ
विज्ञापन
Advertisement

दमौली (तनहुँ) । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको पुनः बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने बताएका हुन् ।

पूर्वाधार विकासमा निर्माण व्यवसायीले काम नगरे तत्काल ठेक्का तोड्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले भने, ‘प्रदेश सरकारका विकास आयोजना पनि अलपत्र अवस्थामा छन् । त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ । पुराना ठेक्का तोडेर कसरी काम गर्न सकिन्छ भन्नेमा लागिपरेको छु ।’

मन्त्री घिसिङले कतिपय स्थानमा नयाँ पुल, सडक बनाउनुपर्ने अवस्था रहेको बताउँदै भएका सडकको मर्मत गर्नुपर्ने उल्लेख गरे । शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीबाट विकास निर्माणका सम्बन्धमा प्रस्तुत भएको ज्ञापनपत्रका विषयमा काठमाडौं पुगेर सम्बन्धित निकायसँगको समन्वयमा छलफल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

तनहुँमा निर्माण हुँदै गरेको तनहुँ जलविद्युत् आयोजनाले आर्थिक रूपमा ठूलो प्रभाव पार्ने मन्त्री घिसिङको भनाइ छ। उक्त आयोजना शतप्रतिशत रूपमा विद्युत् प्राधिकरणको स्वामित्वमा भएकाले जनतालाई शेयर दिन सकिने सकारात्मक पक्ष रहेको उनले जानकारी दिए । मन्त्री घिसिङले भने, ‘यसमा स्रोत सुनिश्चित भइसकेको छ, तर स्थानीयवासीको स्वामित्व कसरी बढाउने भन्नेमा छलफल गरी अगाडि बढ्ने छौँ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको पनि निरीक्षण गरेका छन् । जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उनले श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गदै यहाँका समस्याका बारेमा जानकारी लिए । उपचार केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले अस्पतालमा डेडिकेटेड विद्युत् लाइन जडानका लागि मन्त्री घिसिङलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलमार्फत सम्पन्न डिपिआरअनुसार भारत सरकारसँग ३०० शय्यामा स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री घिसिङको ध्यानाकर्षण गराइएको लम्सालले बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले यहाँबाट प्रवाह भइरहेका सेवाबारे जानकारी गराएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit