Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा बानियाँ निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा बानियाँ निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा जेन्द्र विक्रम बानियाँ निर्वाचित भएका छन्। महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित दर्ता गराएका हुन् । महासंघको आइतबार सम्पन्न सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मत ल्याए । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे क्रमशः १ सय ६४ र १ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन्। महासचिव पदमा बद्रीप्रसाद चौलागाईं निर्विरोध भए भने उपमहासचिव पदमा मेघराज सिग्देलले ९७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी अर्जुनबहादुर सापकोटाले ८९ मत प्राप्त गरे।

सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान ९५–९५ मत प्राप्त गरेपछि दुवैले कार्यकाल आधा–आधा समय कार्यालय सञ्चालन गर्ने सहमति गरेका छन्। यसैगरी, कोषाध्यक्ष पदमा रुमाखर गौतमले १ सय ३२ मतसहित जित हासिल गरे । सह–कोषाध्यक्ष पदमा सुमन सापकोटा १ सय ७ मत ल्याउँदै निर्वाचित भएका छन्। महाधिवेशनले सातै प्रदेशका संयोजकसहित १६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

प्रदेश संयोजकमा कोशी प्रदेशबाट विनोद खड्का, मधेस प्रदेशबाट रामबहादुर दुवाडी, बागमती प्रदेशबाट सूर्यबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट केदारनाथ घिमिरे, लुम्बिनी प्रदेशबाट यामप्रसाद पाण्डे, कर्णाली प्रदेशबाट चेतन थानी र सुदूरपश्चिम प्रदेशबाट मोहनसिंह साउत निर्विरोध निर्वाचित भएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit