images images images
images images images
images
images
images

नक्कली पार्टपुर्जाविरुद्ध सिप्रदीको जागरूक अभियान, कसरी चिन्ने सक्कली सामान ?

images

काठमाडौं । नेपालका लागि टाटा जेन्युन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले नक्कली पार्ट्स विरुद्ध देशव्यापी सचेतना अभियान सुरु गरेको छ। सरकारले सीमा नाकामा अवैध आयात र चोरी–पैठारीमा कडाइ गरेसँगै कम्पनीले उपभोक्तालाई जागरूक बनाउन यो कदम चालेको हो ।

विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्ज जस्ता सीमावर्ती सहरका वर्कशप र ग्यारेजहरूमा पुगेर कम्पनीले मेकानिक्स, चालक र गाडीधनीलाई सक्कली सामान चिन्न सिकाउँदै आएको जनाइएको छ।

images
images

कसरी चिन्ने सक्कली सामान ?
बजारमा पाइने उस्तै देखिने नक्कली सामानबाट बच्न सिप्रदीले मुख्य तीन कुरामा ध्यान दिन ग्राहकलाई आग्रह गरेको छ । जसमा ग्राहकले विशेष नम्बर कोड छुट्याउनुपर्ने छ । कम्पनीका अनुसार सक्कली पार्ट्स र मोबिलको प्याकेटमा एउटा विशेष नम्बर कोड हुन्छ, जुन नक्कलीमा हुँदैन। यस्तै, सामानको प्याकेटमा नेपालका लागि आधिकारिक वितरक जनाउने विशेष ‘कन्ट्री कोड’ राखिएको हुन्छ । ग्राहकले त्यो कोडलाई हेरे सामान किन्दा ठगिनबाट जोगिने छन् । साथै, कम्पनीका अनुसार सामानको बट्टामा सिप्रदी अटोपार्ट्सको आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ। त्यसलाई ख्याल राखे ग्राहकलाई सक्कली सामान पहिचान गर्न मद्दत पुग्नेछ ।

सक्कली सामानको प्रयोगले गाडीको आयु बढाउनुका साथै दुर्घटनाको जोखिम न्यून गर्ने तथा यसले गाडीको कार्यक्षमता र यात्रुको सुरक्षा समेत सुनिश्चित गर्ने भएकाले सिप्रदी अटोपार्ट्सले आफ्ना आधिकारिक डिलर वा नेटवर्कबाट मात्रै सामान खरिद गर्न अनुरोध गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्