जलेश्वर (महोत्तरी)। बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी जिल्ला अदालतले वैशाख २२ गते फरार सूचीमा राखेका महतोलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीका अनुसार अदालतको आदेशपछि फरार रहेका महतोलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो। मुद्दासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्