Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै महानगर

डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै महानगर
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि असारभित्रै पहिलो चरणमा महानगरका सबै वडामा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालका अनुसार अभियानका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायमा आधारित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई तालिम दिएर परिचालन गरिनेछ।

कामपाले यस वर्ष मनसुन सुरु भएसँगै डेङ्गु नियन्त्रणका लागि एक हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायतका प्रतिनिधिलाई तालिम दिएपछि उनीहरूलाई विभिन्न वडामा खटाई डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ।

भुसालका अनुसार डेङ्गु सङ्क्रमण र यसबाट हुने मृत्यु दर घटाउन निगरानी तथा अनुगमन प्रणाली सुदृढ गर्ने, कीट नियन्त्रण, जोखिम सञ्चार, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी, बहुक्षेत्रीय सहकार्य तथा अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ।

महानगरका अनुसार मनसुन सुरु भएसँगै साउनदेखि डेङ्गु सङ्क्रमण बढ्न थाल्ने र कात्तिक–मङ्सिरमा उच्च हुने भएकाले अहिले नै लार्भा नष्ट गर्न सके यस वर्ष सङ्क्रमणदर घटाउन सकिने विश्वास गरिएको छ।

डेङ्गु सार्ने एडिस जातको लामखुट्टे पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, गमला, पानी राखिएका भाँडा, पुराना टायर, कौसी तथा बरण्डामा जमेको पानीमा बढी प्रजनन गर्ने भएकाले यस्ता स्थानमा पानी जम्न नदिन महानगरले आग्रह गरेको छ।

स्वास्थ्य विज्ञका अनुसार सङ्क्रमित एडिस लामखुट्टेले टोकेपछि सामान्यतया चारदेखि सात दिनभित्र उच्च ज्वरोसहित डेङ्गुका लक्षण देखिन सक्छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit