Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए पैसा, ऋणीबाट पौने ९ करोड उठाएर सवा चार करोड वितरण

समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए पैसा, ऋणीबाट पौने ९ करोड उठाएर सवा चार करोड वितरण
विज्ञापन
Advertisement

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको थप १०५ जनाको बचतकर्तालाई रकम फिर्ता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार रकम फिर्ता पाउनेमा शिव शिखरका ३५, ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ साना बचतकर्ता रहेका छन् । यो सँगै समितिले हालसम्म ३ हजार ७०७ जना साना बचतकर्ताको ४ करोड २५ लाख रुपैयाँ बराबर रकम फिर्ता गरेको छ।

यस्तै, समितिले ३०७ जना ऋणीसँग ८ करोड ८१ लाख रुपैयाँ असुल गरेको जनाएको छ। समितिका अनुसार, पाँच महिनामा २५३ जना बचतकर्ता र सहकारीबीच ३ करोड ९१ लाख रुपैयाँ बराबर बचत मिलान मार्फत समितिले हिसाब फरफार गराएको छ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिरहेको पनि दाबी गरेको छ। असार देखि समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको समितिले ऋणीबाट ८ करोड ८१ लाख रुपैयाँ उठाएर हालसम्म बचतकर्तालाई ४ करोड २५ लाख बराबर रकम फिर्ता गरेको छ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिरहेको समितिले दोस्रो चरणमा बचत रकमको आकारका आधारमा वर्गीकरण गरी क्रमशः पैसा फिर्ता गर्दै जाने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit