Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

नाफा बढाएको एनआइसी एसियालाई खराब कर्जा र पुँजीकोषको दबाब

नाफा बढाएको एनआइसी एसियालाई खराब कर्जा र पुँजीकोषको दबाब
विज्ञापन
Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट आए पनि कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्दा बैंकको नाफामा सुधार देखिएको हो। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापत ९२ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब १६ करोड रुपैयाँ थियो। प्रोभिजनिङमा आएको कमीले ब्याज आम्दानी घटेको असरलाई केही हदसम्म कम गरेको देखिन्छ।

तर, बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने दबाबमा परेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा १ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। यो अघिल्लो वर्षको तुलनामा १७.५४ प्रतिशतको गिरावट हो। बैंकको निष्क्रिय कर्जा अनुपातमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९९ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा (एनपीएल) चालु आवको असोज मसान्तसम्म बढेर ९.८१ प्रतिशत पुगेको छ।

खराब कर्जाको अनुपात बढ्नु बैंकका लागि चुनौतीका रूपमा देखिएको छ। यता बैंकको कोषको लागत र आधार दरमा भने सुधार आएको छ। गत वर्ष ४.६० प्रतिशत रहेको कोषको लागत घटेर ३.७८ प्रतिशतमा आएको छ। त्यसैगरी, औसत आधार दर ६.६० प्रतिशतबाट घटेर ५.५५ प्रतिशत कायम भएको छ। बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६०.२२ प्रतिशत रहेको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ३५ पैसा पुगेको छ।

यद्यपि, बैंकको पुँजी पर्याप्तता अनुपात ११.१२ प्रतिशत रहँदा प्राथमिक पुँजीकोष अनुपात भने ६.२७ प्रतिशतमा सीमित छ। यो नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने ८.५ प्रतिशतको न्यूनतम सीमाभन्दा कम हो। यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit