काठमाडौं । विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै एथर इनर्जीले ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालनमा ल्याएको छ।
नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले कार्तिक १५ देखि २२ गतेसम्म देशव्यापी रूपमा विशेष प्रवर्द्धनात्मक अभियान सञ्चालन सुरु गरेको हो। आठ दिनसम्म चल्ने यस अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। सीमित अवधिका लागि उपलब्ध हुने यो योजनाले ग्राहकलाई आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरतर्फ आकर्षित गर्ने कम्पनीको अपेक्षा छ।
कम्पनीका अनुसार चाडपर्वको अवसरलाई लक्षित गरी ल्याइएको यस योजनामार्फत ग्राहकले आकर्षक खरिद सुविधा प्राप्त गर्नुका साथै एथरका नवीनतम प्रविधि र सुविधाको अनुभव लिन सक्नेछन्। एथरका विद्युतीय स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल तथा म्याजिक ट्विस्टजस्ता आधुनिक फिचर उपलब्ध छन्। यी सुविधाले दैनिक यात्रालाई सहज र प्रविधिमैत्री बनाउने कम्पनीको दाबी छ। त्यस्तै, लागू हुने नियम तथा सर्तअनुसार उपलब्ध आठ वर्षसम्मको ब्याट्री वारेन्टीले ग्राहकलाई थप भरोसा प्रदान गर्ने कम्पनीले जनाएको छ।
देशभरका १७ एक्सपिरियन्स सेन्टरबाट ग्राहकलाई अफर
एथर अपग्रेड फेस्टिभल काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका १७ वटा एथर एक्सपिरियन्स सेन्टरमार्फत सञ्चालन हुनेछ। काठमाडौं उपत्यकामा नक्साल, भक्तपुर, टेकु, झम्सिखेल र बौद्धस्थित सेन्टरबाट ग्राहकले योजनाको लाभ लिन सक्नेछन्। त्यस्तै, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका सेन्टरबाट पनि अभियानमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकलाई नजिकैको एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध स्कुटरका मोडेल, विशेष अफर तथा खरिद सुविधाबारे जानकारी लिन आग्रह गरेको छ।
यसैगरी, नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थामा एथरले ल्याएको यो अभियानलाई ग्राहक आकर्षित गर्ने रणनीतिका रूपमा हेरिएको छ। आधुनिक प्रविधि, कार्यक्षमता र बिक्रीपछिको सेवामा जोड दिँदै आएको कम्पनीले यस अभियानबाट आफ्नो बजार पहुँच थप विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ। वैद्य इनर्जी प्रालिका अनुसार क्यासब्याकको योग्यता, प्राप्त हुने रकम तथा अन्य सुविधाहरू लागू हुने नियम र सर्तमा निर्भर रहनेछन्। अभियान कार्तिक १५ देखि २२ गतेसम्म मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकले तोकिएको अवधिभित्र सहभागी हुनुपर्नेछ। एथर इनर्जीको नेपालस्थित आधिकारिक वितरक वैद्य इनर्जीले देशभर एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै विद्युतीय सवारी प्रयोगलाई सहज बनाउने काम गर्दै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्