Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब २९ करोड, यी सूचकमा उलेख्य वृद्धि

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब २९ करोड, यी सूचकमा उलेख्य वृद्धि
विज्ञापन
Advertisement

 काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म आइपुग्दा आफ्नो वित्तीय सूचकमा उल्लेखनीय प्रगति गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले कर्जा प्रवाह, निक्षेप संकलन, सेवा तथा ब्याज आम्दानी जस्ता मुख्य कारोबारी पक्षमा दरिलो वृद्धि गर्दै आफूलाई सुदृढ वित्तीय संस्थाको रूपमा प्रस्तुत गरेको हो।

बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कर्जा प्रवाह १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो। यस्तै, निक्षेप संकलनमा पनि ११।६९ प्रतिशतले वृद्धि हुँदै २ खर्ब १४ अर्ब ८ करोड पुगेको छ।

यो गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँले बढी हो। कर्जा र निक्षेप दुवै क्षेत्रमा दोहोरो अंकको वृद्धि हासिल गर्नु बैंकको कारोबार विस्तारमा देखिएको विश्वासको संकेत हो। खुद ब्याज आम्दानीमा पनि बैंकले सन्तोषजनक प्रगति गरेको छ। अघिल्लो वर्षको तुलनामा ११।२० प्रतिशतले वृद्धि भई यो आम्दानी ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

यस्तै, सेवाशुल्क तथा कमिसन आम्दानी १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७४ प्रतिशतले बढी हो। बैंकको व्यापारिक तथा अन्य अपरेटिङ आम्दानी पनि झण्डै ९८ प्रतिशतले वृद्धि भएको छ। संचालन खर्चमा भने बैंकले नियन्त्रण कायम राख्न सफल देखिएको छ। खर्चमा ६.१८ प्रतिशत मात्र वृद्धि भई ३ अर्ब २४ करोड पुगेको छ। खर्चको सिमित वृद्धिका बावजुद बैंकले नाफा कायम राख्न सफल भएको छ।

यस अवधिमा बैंकको खुद नाफा १ अर्ब २९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। बैंकले आफ्नो कोषको लागत घटाउन समेत सफलता हासिल गरेको छ। कोषको लागत ६।३२ प्रतिशतबाट घटेर ४.४९ प्रतिशतमा झरेको छ।

यस्तै, बेस रेट ८.२६ प्रतिशतबाट घटेर ६.२५ प्रतिशतमा झरेको छ, जसले ग्राहकका लागि कर्जा लिन अझ सहज हुने संकेत गरेको छ। यस्तै, बैंकले आफ्नो कर्जा जोखिम व्यवस्थापनमा समेत सुधार गर्दै कुल गैरकृयाशील कर्जा (एनपीएल) को १०५.९८ प्रतिशत बराबरको प्रावधान जुटाएको छ।

बैंकको कर्जा र निक्षेपको अनुपात (क्रेडिट टु डिपोजिट रेसियो) ८१.९० प्रतिशत रहेको छ, जुन नियामक निकायको सीमा भित्र छ। यो सूचक बैंकको तरलता व्यवस्थापन समेत सन्तुलित रहेको प्रमाण हो। बैंकको सम्पत्ति प्रतिफल दर ०.५९ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit