Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रिलायन्स फाइनान्सका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा २० प्रतिशतसम्म छुट सुविधा

रिलायन्स फाइनान्सका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा २० प्रतिशतसम्म छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र धुलिखेलस्थित धुलिखेल लज रिसोर्टबीच सेवा शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा र सहुलियत दिने उद्देश्यले दुई संस्थाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीहरूले धुलिखेल लज रिसोर्टको सेवामा अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट मुख्यतया खाना तथा पेय पदार्थ र बासस्थान जस्ता सुविधाहरूमा लागू हुनेछ । फाइनान्सले आफ्ना ग्राहकहरूको सुविधा र मनोरञ्जनलाई ध्यानमा राख्दै यस्तो सहकार्य गरेको जनाएको छ ।

रिलायन्स फाइनान्सले आफ्ना ग्राहकहरूका लागि विभिन्न समयमा यस्ता सहुलियतपूर्ण योजनाहरू ल्याउँदै आएको छ । यसअघि फाइनान्सले ट्रान्क्विलिटी स्पासँग पनि सहकार्य गरेको थियो, जसअन्तर्गत ग्राहकहरूले व्यक्तिगत स्पा तथा सौन्दर्य सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्दै आएका छन् ।

हाल रिलायन्स फाइनान्सले देशभर आफ्ना २१ वटा शाखाहरू मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit