Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

मोरक्कोको २७ औँ राष्ट्रिय दिवसमा द्विपक्षीय सम्बन्ध, संस्कृति र पर्यटन प्रवर्धनमा जोड

मोरक्कोको २७ औँ राष्ट्रिय दिवसमा द्विपक्षीय सम्बन्ध, संस्कृति र पर्यटन प्रवर्धनमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । नेपालस्थित मोरक्को अधिराज्यको महावाणिज्यदूतको कार्यालयले मोरक्कोका राजा मोहम्मद छैटौँको राजगद्दी आरोहणको २७ औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय दिवस मनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको सुरुवात आइतबार बिहान थापाथलीस्थित महावाणिज्यदूतको कार्यालयमा आयोजित झण्डोत्तोलन समारोहबाट भएको थियो। समारोहमा प्रमुख अतिथि नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा मोरक्कोको राष्ट्रिय झण्डा फहराएका थिए ।

संस्कृति र पर्यटन प्रवर्धनका लागि विशेष प्रदर्शनी
दिवसकै अवसरमा मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ललितपुरको ‘द प्लाजा’ मा निःशुल्क प्रवेशसहितको एक दिवसीय प्रदर्शनी सञ्चालन गरिएको छ। प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), सजावटका सामान तथा पर्यटन र ट्राभलसम्बन्धी जानकारीमूलक डेस्क राखिएका छन्। मोरक्को र नेपालबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, सहकार्य तथा सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महावाणिज्यदूत मेघा चौधरीले व्यक्त गरिन् ।

भिसा प्रक्रियामा ठूलो सहजता
यस्तै, उनले नेपाल र मोरक्कोबीचको आवगमन र सम्बन्धलाई सहज बनाउन हालै भिसा प्रक्रियामा सुधार गरिएको जानकारी दिइन् । जसअनुसार नेपालस्थित महावाणिज्यदूतको कार्यालयबाट सिफारिस पत्र लिई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबलमार्फत नेपालीहरूले नेपालबाटै भिसा आवेदन दिन सक्नेछन्। यस व्यवस्थाले भिसाकै लागि नेपालीहरू भारत जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

नेपाल र मोरक्को मित्रता र पर्यटन सहकार्यमा जोड
कार्यक्रममा बोल्दै महावाणिज्यदूत मेघा चौधरीले उपस्थित विशिष्ट अतिथि, कूटनीतिक नियोगका प्रतिनिधि तथा सहयोगीहरूप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘कूटनीति केवल औपचारिक संलग्नताबाट मात्र नभई मित्रता, आपसी सम्मान र सांस्कृतिक समझदारीबाट निर्माण हुन्छ। मोरक्को राज्य र नेपालबीचको मित्रता निरन्तर मौलाइरहोस् र हाम्रा जनताका लागि अझ ठूलो सहकार्य, समृद्धि र सद्भाव ल्याओस्।’

यस्तै, कार्यक्रमका विशेष अतिथि गुयानाका उपाध्यक्ष डा. भरत जगदेवले नेपाल र मोरक्कोबीचको सांस्कृतिक विविधता र नेपालीहरूको आतिथ्यपूर्ण व्यवहारको प्रशंसा गरे । उनले दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापित भइसकेकाले अब पर्यटन क्षेत्रको सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष जगदेवले मोरक्को पर्यटन प्राधिकरणका प्रमुखको उपस्थिति प्रतीकात्मक रहेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड र मोरक्कोका प्रतिनिधिबीचको भेटघाटले जनस्तरको सम्बन्ध तथा पर्यटकीय आदानप्रदानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । ‘अब हामीसँग सबैभन्दा ठूलो सम्भावना पर्यटन क्षेत्रमा उपलब्ध छ, जसका लागि मोरोक्को पर्यटन प्राधिकरणका प्रमुख यहाँ हुनुहुन्छ। यो धेरै प्रतीकात्मक छ, र मलाई लाग्छ उहाँले नेपाल पर्यटन बोर्ड लगायत आफ्ना समकक्षीहरूसँग भेटघाट गर्नुहुनेछ। नेपालीहरू पनि पहिलेभन्दा धेरै बाहिर जान थालेका छन्। नेपाल पनि बाह्य पर्यटनको उदीयमान बजार बन्दैछ। त्यसैले हामी जनताको स्तरमा त्यो आदानप्रदानलाई प्रवर्द्धन गर्न सक्छौँ।’

सो अवसरमा दुवै देशका राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit