Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

एनआईसी एशिया क्यापिटलले पारित गर्‍यो ५० प्रतिशत नगद लाभांश

एनआईसी एशिया क्यापिटलले पारित गर्‍यो ५० प्रतिशत नगद लाभांश
विज्ञापन
Advertisement

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको हो। सभामा सञ्चालक समितिका अध्यक्ष रुपेश लुईटेलले समीक्षा अवधिमा २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी र १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए।

क्यापिटलले आषाढ मसान्त २०८३ सम्म ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको जनाएको छ। त्यस्तै, म्युचुअल फण्ड सेवाअन्तर्गत चारवटा बन्दमुखी र दुईवटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको छ। लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकबाट ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको तथा शेयर रजिष्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा प्रदान गरिरहेको क्यापिटलले जनाइएको छ।

त्यस्तै, निष्काशन सेवाअन्तर्गत २५ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरेको जानकारी सभामा गराइएको थियो। क्यापिटलका अनुसार दशौं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसहित हालसम्म शेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit