images images images
images images images
images
images
images

‘भिभो एक्स३०० प्रो’ नेपालमा सार्वजनिक, मूल्य कति ?

images

काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा आज सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित तयार गरिएको ‘एक्स३०० प्रोले’ मा अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ।

भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्पहरू फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) मा उपलब्ध छ। यसको मूल्य १ लाख ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोन मंसिर २९ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुनेछ। एक्स३०० प्रोको केन्द्रमा रहेको यसको व्यावसायिक इमेजिङ सिस्टम जाइससँगको सहकार्यमा विकास गरिएको हो।

images
images

यस स्मार्टफोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसन मार्फत टाढाका दृश्यहरूलाई अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्छ । यसलाई एलवाईटी–८२८ सेन्सर सहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेरा ले साथ दिएको छ, जसले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ।

क्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस१ र सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको कम्पनीले जनाएको छ। यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादनका साथै २०× लङ(रेन्ज मोसन स्न्यापसट र टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचरहरू रहेका छन् । जसमा जाइसको विशिष्ट मिरर–रिङ इफेक्ट समावेश गरिएको छ। साथै, ५० मेगापिक्सेल जाइस वाइड–एङ्गल फ्रन्ट क्यामेराले ठूलो फ्रेम कभरेज सहित प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

क्यामेरा क्षमतासँगै, एक्स३०० प्रोले नेपालमा ओरिजिन ओएस ६ को सुरुवात गरेको छ। उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनहरूद्वारा सञ्चालित यो अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्ताको दैनिक प्रयोगलाई अझ सहज बनाउने अनुभव प्रदान गर्छ। ओरिजिन आइसल्यान्डले सन्दर्भअनुसारका रिमाइन्डर र रियल(टाइम सुझावहरू प्रस्तुत गर्छ भने भिभो अफिस किटले फोन-टु-पिसी कनेक्टिभिटी, फाइल ट्रान्सफर र मल्टि-डिभाइस उत्पादकत्वलाई सहज बनाउँछ।

यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी र १.१ मिलिमिटर अल्ट्रा–स्लिम सिमेट्रिक बेजेल प्रयोग गरिएको छ, जसले आकर्षक र आरामदायी अनुभव दिन्छ। डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स३०० प्रोमा ६५१० मिलिआम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज सुविधा र ४० वाट वायरलेस फ्ल्यासचार्ज सुविधा उपलब्ध रहेको छ।

साथै, आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास, र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानिङ २.० ले यस स्मार्टफोनलाई दैनिक प्रयोगका लागि मजबुत, सुरक्षित र भरपर्दो बनाएको छ। समग्रमा, भिभो एक्स३०० प्रो ले व्यावसायिक क्यामेरा क्षमता, उन्नत सफ्टवेयर अनुभव, उच्चस्तरीय कार्यसम्पादन र प्रिमियम डिजाइनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई एक सम्पूर्ण फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्