काठमाडौं । साहस ऊर्जा लिमिटेड ले आर्थिक वर्ष २०८२-८३ को चौथो वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५६ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट २ अर्ब ८६ करोड ४५ लाख ३४ हजार २०९ रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कुल नाफा १ अर्ब ९९ करोड ७५ लाख २७ हजार ९३ रुपैयाँ तथा सञ्चालन नाफा १ अर्ब ९७ करोड ५४ लाख ३३ हजार १९७ रुपैयाँ पुगेको छ।
वित्तीय खर्च ५७ करोड ४६ लाख ३८ हजार ९०६ रुपैयाँ रहेपछि कम्पनीले कर अघिको नाफा तथा खुद नाफा १ अर्ब ३९ करोड ९१ लाख ५६ हजार ४३९ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८९ करोड ५१ लाख २६ हजार २१५ रुपैयाँ रहेको थियो।
वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति १८ अर्ब ४६ करोड १० लाख ५१ हजार ७४९ रुपैयाँ पुगेको छ। यसमध्ये १७ अर्ब ३१ करोड ८४ लाख ९८ हजार ६०७ रुपैयाँ गैर–चालु सम्पत्ति र १ अर्ब १४ करोड २५ लाख ५३ हजार १४२ रुपैयाँ चालु सम्पत्तिमा रहेको छ। चालु सम्पत्तिअन्तर्गत कम्पनीसँग ५९ करोड ९३ लाख रुपैयाँ बराबर नगद तथा नगद सरह मौज्दात रहेको छ।
कम्पनीको शेयर पुँजी ४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा ३ अर्ब ६९ करोड १ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको छ। यससँगै कुल शेयरधनी कोष ८ अर्ब २५ करोड ४१ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै कम्पनीको दीर्घकालीन ऋण ८ अर्ब ४६ करोड ३४ लाख ४२ हजार ७९३ रुपैयाँ रहेको छ भने चालु दायित्व १ अर्ब ३३ करोड ८० लाख २४ हजार ९५६ रुपैयाँ रहेको छ। चालु दायित्वअन्तर्गत १ अर्ब २० करोड रुपैयाँ ब्रिज ग्याप लोन समावेश छ।
प्रमुख वित्तीय सूचकअनुसार कम्पनीको प्रति शेयर आम्दानी २९.३२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ६१.४८ र प्रति शेयर नेटवर्थ १८०.४७ रुपैयाँ रहेको छ।
चौथो त्रैमाससम्मको वित्तीय विवरणले कम्पनीको आम्दानी र नाफामा उल्लेखनीय सुधार देखाएको छ भने बलियो शेयरधनी कोष र स्थिर वित्तीय आधारले कम्पनीको समग्र वित्तीय अवस्था थप सुदृढ बन्दै गएको वित्तीय विवरणले देखाउँछ । आगामी दिनमा लगानीकर्तालाई कम्पनीले अझ राम्रो लाभांश दिने सम्भावना रहेको देखिन्छ ।














प्रतिक्रिया दिनुहोस्